रुपाको नीति तथा कार्यक्रमः ‘एक घर, एक स्वरोजगार’ कार्यक्रम

काठमाडाैं | असार ९, २०७९

रुपाको नीति तथा कार्यक्रमः ‘एक घर, एक स्वरोजगार’ कार्यक्रम

पोखराः कास्कीको रुपा गाउँपालिकाले यो वर्षलाई स्वरोजगार वर्षको रुपमा मनाउने भएको छ । 

 

बिहिबार रुपा गाउँपालिकाको एघारौ गाउँसभामा नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै यस वर्षलाई गाउँपालिकामा स्वरोजगर वर्षको रुपमा मनाउने भएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । 

 

अध्यक्ष ओझाले प्रस्तुत गरेको आर्थिक वर्षको नीति कार्यक्रम २०८९/०८० मा गाउँपालिकाले स्वरोजगार वर्षको रुपमा मनाउने भन्दै गाउँपालिका भित्र रोजगार गर्न चाहने युवाहरु, दलित लक्षित वर्गलाई तथा रोजगार गर्न चाहने समुहरुलाई तालिम केन्द्रको स्थापना गरी उनीहरुको इच्छा अनुसारको तालिमको व्यवस्था गरी “ एक घर एक स्वरोजगार मुलक तालिम”को व्यवस्था मिलाउने बताएका हुन् । 

 

गाउँपालिकाले सीपमुलक तालिम लिएका युवाहरुलाई विभिन्न बैँक तथा वित्तिय संस्थाहरुसँग समन्वय गरी आर्थिक अभाव भएका युवाहरुलाई लगानीको वातावरण मिलाउन युवा, महिला, दलित लगायत न्युन आय भएका लक्षित वर्गहरुको तथ्याङ्क संकलन सुरु गर्ने भएको छ ।

 

त्यस्तै उनीहरुको आवश्यकता पहिचान गरी व्यावसायिकक कृषि, पशुपालन, अटोमोवाइल, कार्पेन्टर, प्लम्विङ, पेन्टिङ,कुक, वेटर लगायत अन्य सीपमुलक तालिमको आधारमा  रुपा बासीहरुलाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ । 

पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ ।      कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय सभाका रिक्त १७ सिटकालागि भोलि निर्वाचन हुँदैछ । मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ । १८ सिट रिक्...

थप पढ्नुहोस्

काठमाडौं: आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको छ।  बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रति...

थप पढ्नुहोस्